मंसिर ०७, २०८१, शुक्रबार
               

बढी मूल्य लिएकोमा भाटभटेनी सुपरमार्केटलाई जरिवाना

रासस
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार चार पसललाई कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरेको हो ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको हो । खरीद मूल्य प्रतिगोटा १२० रुपैयाँ रहेकामा भाटभटेनीले २२० रुपैयाँमा बिक्री गरेको पाइएको थियो ।

सोमबार नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भने तापनि बिल देखाउन नसकेपछि कारवाही गरिएको थियो ।

त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई एक लाख र जिएन स्टोरलाई पचास हजार रुपैयाँ जरिवाना गरिएको छ ।

ती चार पसलबाट जरिवानाबापत ६ लाख ५० हजार राजश्व संकलन भएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि