भारतीय शेयर बजार उच्च बढोत्तरीका साथ ऐतिहासिक उचाइमा पुगेको छ । मंगलबार भारतीय सेयर बजार भारी विदेशी लगानीका कारण बढेको बताइएको छ ।
भारतीय सेयर बजार मंगलबार सेन्सेक्स ११६.८६ अंकको बढोत्तरीका साथ ४७ हजार ४७०.६१ को बिन्दुमा पुगेको छ ।यसैगरी निफ्टी इन्डेक्स पनि २३.५५ अंकको बढोत्तरीका साथ १३ हजार ८९६.७५ को बिन्दुमा कारोबार भइरहेको छ ।
यद्यपि कारोबारका क्रममा सेन्सेक्सले ४७ हजार ५८६.७४ र निफ्टीले १३ हजार ९६७.६० को स्तर छोएको छ ।
बजारमा बढोत्तरीसँगै बिएसइमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण पनि १८६.९५ लाख करोड रुपए पुगेको छ । सुरुवातमा बजार पूँजीकरणले १८८ लाख करोड रुपएको स्तरलाई छोएको थियो ।