मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाविरुद्ध 'टास्कफोर्स'

रासस
चैत ०४, २०७६

ADVERTISEMENT

बाकेँ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज बसेको सरोकारपक्षको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो । 

बैठकले नगरप्रमुख डा‍. धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरेको छ ।

बैठकमा कोरोना भाइरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोषमा नेपालगञ्ज उपमहानगरपालिकाको तफबाट ३० लाख, बाँके जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले  २० लाख, छ वटा गाउँपालिकाले  १०/१० लाख र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले  २० लाख सहयोग गर्ने निर्णय भएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि