मंसिर ०७, २०८१, शुक्रबार
               

चट्याङबाट बागलुङमा एक महिलाको मृत्यु

रासस
बैशाख १०, २०७७

ADVERTISEMENT

बागलुङ । गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए ।

घरमै बसिरहेका बेला चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भए पनि अहिले अवस्थामा सामान्य रहेको जनाइएको छ । जिल्लामा पछिल्ला केही दिन लगातार जसो चट्याङका घटना भइरहेका छन् । गत साता चट्याङ लागेर बागलुङ नगरपालिका–१४ मा एक युवाको ज्यान गएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि