मंसिर ०७, २०८१, शुक्रबार
               

दिल्लीमा एकैदिन ११८ संक्रमितको मृत्यु

एजेन्सी
मंसिर ०६, २०७७

ADVERTISEMENT

भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । 

दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म संक्रमित भएकाहरुको कुल संख्या पाँच लाख १७ लाख २३८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कुल संक्रमितको संख्या भने छ हजार ६०८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

कुल संक्रमित मध्ये अहिलेसम्म चार लाख ६८ हजार १४३ जना संक्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा आठ हजार ७७५ जना संक्रमणमुक्त भएका हुन् । 

भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना संक्रमित अवस्थामै रहेका छन् । 

दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । 

भारतको दिल्लीमा  केही समययता कोरोनाभाइरसको संक्रमण न्युन देखिए पनि अहिले पछिल्लो समयमा फेरी बृद्धि भएको छ ।

तिव्र रुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तिव्रता दिएको अधिकारीहरुले बताएका छन् । 

त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई दुइ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि पाँच सय रुपैया मात्रै रहेको जरिवानालाई एकाएक बृद्धि गरेर दुई हजार बनाइएको हो । 

त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि