एजेन्सी । यमनको होथी विद्रोहीले साउदी र युएई नेतृत्वको सैन्य गठबन्धनको हमलामा ३१ जना मारिएको दाबी गरेको छ ।
उनीहरुको मृत्युले संयुक्त राष्ट्रसंघले युद्धग्रस्त देशलाई निःशस्त्र पार्न असफल भएकोसमेत यमनले आरोप लगाएको छ ।
उत्तरी अल जावफ प्रान्तमा भएको हवाइ हमलामा ती बालबालिका र महिला मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सैन्य गठबन्धनले विद्रोहीलाई लक्षित गरी हवाइ हमला गर्दा ती सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ आक्रमणमा पनि कयौं घाइते भएकोसमेत समाचारमा उल्लेख छ ।
साउदी नेतृत्वमा रहेको दुई देशको संयुक्त सैन्य गठबन्धनले सन् २०१५ मा यमनको द्वन्द्वमा हस्तक्षेप गरेसँग राष्ट्रपति अब्द रब्बू मन्सुर हादीको पनि समर्थन रहेको छ ।
लामो समयदेखि जारी द्वन्द्वमा हजारौं सर्वसाधारणको मृत्यु भइसकेको छ भने, साउदी अरेबिया र युएईले संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्सबाट अर्बौ डलर बराबरको हतियार खरिद गरेका छन् ।