मंसिर ०७, २०८१, शुक्रबार
               

साउदीका पूर्व युवराजसहित शाही परिवारका तीन सदस्य पक्राउ, सत्ता हत्याउन षड्यन्त्र गरेको आरोप

एजेन्सी
फागुन २४, २०७६

ADVERTISEMENT

साउदी अरबमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा राखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यी तिनैमाथि सत्ताका लागि षड्यन्त्र रचेको आरोप छ । 
यसमा राजा सुल्तानका भाई राजकुमार अहमद बिन अब्दुलअजीज अल सउद र भतिजा राजकुमार मोहम्मद बिन नायफ तथा अर्का एक सदस्य पनि छन् । नायफ पूर्व युवराज हुन् । 

सुल्तानले सन् २०१६ मा नायफलाई युवराजबाट हटाएर सुल्तानले आफ्ना छोरा मोहम्मद बिन सलमानलाई उत्तराधिकारी घोषणा गरेका थिए ।सलमानको आदेशपछि उनीहरुलाई पक्राउ गरिएको हो । सलमानले अझै कडा कदम उठाउनसक्ने अनुमान गरिएको छ । 

यस विषयमा शाही परिवारले अहिल्यै कुनै टिप्पणी गरेको छैन । सलमानलाई पत्रकार जमाल खशोसी हत्याकाण्डमा फसाउने षड्यन्त्र रचेको आरोप यी तीन व्यक्तिमाथि छ ।

सलमानमाथि टर्कीको इस्तानवुलस्थित सरकारी दूतासाभित्र सरकारका आलोचक तथा वासिङ्टन पोस्टका पत्रकार जमाल खसोगीको हत्या गरेको आरोप छ । यद्यपी उनले यो आरोप अस्विकार गरिरहेका छन् ।

सन् २०१८ को यस हत्याकाण्डमा साउदीको एक अदालतले पाँच व्यक्तिलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तर शाही परिवारका कुनै पनि व्यक्तिलाई घटनामा जिम्मेवार ठहर गरिएको थिएन । 


कस्तो लाग्यो ?

यो पनि