एजेन्सी । चीनको ग्वांगझु शहरमा रहेको एक पाँच तले भवन भत्किएको छ । भग्नावशेषमा ७० जना मानिस पुरिएका छन् ।
कोरोना संक्रमितहरुलाई राख्न बनाईएको आइसोलेसन सेन्टरको पाँच तल्ले भवन अचानक भत्किएको हो ।
खबर अनुसार भवन भत्किएपछि उद्धारकर्ताको टोली परिचालन गरिएको छ । उद्धारकर्ताले चार घण्टाको अवधीमा (अवेर रातिसम्म) ३८ जनाको जिवितै उद्धार गरेका छन् ।
अझैपनि भग्नावशेषमा ३० भन्दा बढी मानिसहरु पुरिएका छन् । उनीहरुको उद्धारका लागि उद्धारकर्तासँगै तालिम प्राप्त कुकुर घटनास्थल पठाईएको छ ।
८० कोठा रहेको उक्त आइसोलेसन सेन्टर शनिवार साँझ साढे ७ बजे भत्किएको थियो । भवनमा कोरोना भाईरस नियन्त्रणकार्यमा संलग्न व्यक्तिलाई राखिएको थियो ।
उनीहरु आफ्नो कर्तब्य पालनकै क्रममा कोरोना भाईरसबाट संक्रमित पनि भैसकेका थिए ।