एजेन्सी । पक्राउ परेका भारतिय ‘एस बैंक’ का संस्थापक राणा कपुरकी छोरीलाई लन्डन जानबाट रोकिएको छ । राणा कपुरलाई आइतबार विशेष अवकाश अदालतले मार्च ११ सम्मका लागि प्रवर्तन निर्देशालय (ईडी) को हिरासतमा पठाएको छ ।
कपुरलाई शनिबार बिहान सोधपुछका लागि ईडीको कार्यालयमा बोलाइएको थियो । जाँचमा सहयोग नगरेको भन्दै आइतबार उनलाई पक्राउ गरिएको थियो ।
अधिकारीहरूका अनुसार २ हजारको लगानी, ४४ बहुमूल्य पेन्टिङ र १२ शेल कम्पनीहरु ईडीको जाँचको दायरामा रहेका छन् । कपुरकी छोरी रोशनी कपुरलाई मुम्बई एयरपोर्टमा लन्डन जानबाट रोकिएको हो ।
एस बैंकका संस्थापक तथा पूर्व प्रबन्ध निर्देशक तथा सीईओ कपुरमाथि व्यापारिक घरानाहरूलाई ऋण दिने र उठाउने प्रक्रिया आफ्नो हिसाबले तय गर्ने गरेको आरोप छ ।
बैंक अनिल अम्बानी ग्रुप, आईएल एन्ड एएफएस, सीजी पावर, एस्सार पावर, रेडियस डेभलपर्स र मन्त्री ग्रुपजस्ता समूहहरुलाई ऋण दिनमा अगाडि रहेको छ ।
यी समूहहरू डिफल्टर बने तब बैंकलाई ठूलो झट्का लाग्यो । सन् २०१७ मा बैंकले ६ हजार ३५५ भारतीय रुपैयाँ खराब कर्जामा राखेको थियो ।
त्यसपछि रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले बैंकमाथि लगाम लगाउन सुरु गरेको थियो । कपुर कुनै समय देशको सफल बैंकर्सको सूचीमा सामेल थिए । उनको परिवारमा पत्नी विन्दू कपुर र तीन छोरी, राधा, राखी र रोशनी रहेका छन् ।