बिबिसी । न्यू योर्कको एक अदालतले बलात्कार र यौन आक्रमणका मुद्दामा दोषी ठहर गरिएका चर्चित हलिउड चलचित्र निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ।
कुनै समयमा हलिउवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिन गत महिना बालात्कार र यौन आक्रमणका अभियोगमा दोषी पाइएका थिए ।
अदालतको पछिल्लो फैसलालाई #मिटू भनिने विश्वव्यापी महिला आन्दोलनका सदस्यहरूले स्वागत गरेका छन् ।
शोषण
६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा उपस्थित भएका थिए ।
उमेर र चलचित्र उद्योगमा उनको योगदानलाई कदर गर्दै सजाय घटाउनु पर्ने माग वाइन्स्टिनका वकिलहरूले गरेका थिए ।
उनीहरूले पाँच वर्ष सजाय नै उनका लागि जन्मकैद सरह हुने तर्क गरेका थिए ।
तर अभियोजनकर्ताहरूले त्यसको विपक्षमा पैरवी गर्दै उनीविरुद्धको सजाय उनले अरूलाई गरेको शोषणको सही जबाफ भएको तर्क गरे ।
उनीहरूले वाइन्स्टिनले कुनै पश्चाताप नगरेको भन्दै खेद समेत प्रकट गरे ।