मंसिर ०७, २०८१, शुक्रबार
               

चीनको सिनजियाङमा रेलसेवा सुरु, जनजीवन सामान्य

रासस
फागुन २९, २०७६

ADVERTISEMENT

एजेन्सी । चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः सुरु भएको छ । चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए ।

सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तिब्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि सुरु भएको रेल अधिकारीहरुले बताएका छन् । चाइना रेलवेका अनुसार अरु कम गतिका रेलहरुको सेवा पनि चाँडै सुरु हुनेछन् । 

सिनजियाङ रेलवे अधिकारीहरुले यात्रुहरुले अनलाइन वा रेलवे स्टेसनमै आएर टिकट किन्न सक्ने बताएका छन् । सिनजियाङका उद्योग धन्दा सबै पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ । सिनजियाङमा लगातार २३ दिनसम्म कोरोना भाइरसका एकजना पनि रोगी फेला परेका छैनन् ।

स्थानीय सरकारले कोरोना भाइरसको सङ्क्रमण सिनजियाङमा देखा नपरेको भन्दै आपतकालीन स्थितिलाई हटाएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि