एजेन्सी । कोरोना भाइरसले विश्वभरि नै महामारीको रुप लिन थालेपछि यसको नियन्त्रणको लागि विभिन्न देशले विभिन्न निर्णय गरिरहेका छन् ।
यसैबीच, कोरोना भाइरसको डरका कारण दुनियाभर एक आपसमा गरिने अभिवादनको तरिका फेरिएको छ ।
आफ्नो परम्परागत स्वागत (अभिवादन) गर्ने तरिका छोडेर नमस्ते तथा कुहिना मिलाउने लगायतका तरिका अपनाएका छन् ।
विभिन्न देशका राष्ट्राध्यक्षले समेत यो तरिका अपनाएका छन् ।
वाशिंटनमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले एक अर्कालाई नमस्ते गरेर अस्वागत गरे ।
उता, बंकिघम प्यालेसमा प्रिन्स चार्ल्सले पनि नमस्ते गरेर स्वागत गरेका थिए ।
हेरौं केही तस्विरः