मंसिर ०७, २०८१, शुक्रबार
               

क्यानडाका प्रधानमन्त्री पत्नीसहित आइसोलेसन वार्डमा
कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार

एजेन्सी
फागुन ३०, २०७६

ADVERTISEMENT

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोकी पत्नी सोफीमा कोरोना भाइरस संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सोफीसँगै उनका पति प्रधानमन्त्री जस्टिन पनि आइसोलेसन वार्डमा रहेन बताइएको छ । उनले त्यहीँबाट कामकाज सम्हाल्ने त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् । 

यसैबीच कोभिड १९ बाट संसारभरि मृत्यु हुनेको संख्या ४ हजार ९ सय ८४ पुगेको छ । एक लाख ३४ हजारभन्दा बढीमा यो यसको संक्रमण पुष्टि भइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यसैगरी स्पेनका मन्त्री इरेन मोरेटोमा पनि संक्रमण देखिएको स्पेनी समाचार संस्थाहरुले जनाएका छन् । मन्त्री मोरेटोमा संक्रमण पाइएपछि उनी र उनका साथीका साथै त्यहाँ कार्मेन काल्बोलाई पनि आइसोलेसन वार्डमा राखिएको छ । 

त्यहाँको सरकारले सबै मन्त्री तथा अधिकारीहरुलाई कोरोना संक्रमण भए नभएको बारे तत्काल जाँच गर्न पनि भनेको छ । हालसम्म स्पेनमा ५५ जनाको यस संक्रमणबाट मृत्यु भइसकेको र दुई हजार दुई सयमा जनामा यो संक्रमण देखिएको बताइएको छ । 

यसैबीच इटालीमा संक्रमणका कारण मर्नेको संख्या बढेको एजेन्सीहरुले बताएका छन् । शुक्रबारसम्म इटालीमा मर्नेको संख्या एक हजार १६ पुगेको त्यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् ।

इटालीमा १५ हजार एक सय १३ जनामा संक्रमण पाइएको छ । चीनपछि सबैभन्दा बढी इटाली र इरानमा कोरोना संक्रमणका कारण मानिसको ज्यान गएको छ । इटालीमा एक हजार दुई सय ५८ जना उपचार पाएर घर फर्किसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि