मंसिर ०७, २०८१, शुक्रबार
               

जसले आफ्ना तीन बच्चालाई नहरमा फालिदिए

एजेन्सी
चैत ११, २०७६

नहरबाट बच्चाको शव निकालिएपछि रुँदै आमा
ADVERTISEMENT

एजेन्सी । श्रीमतीसँग विवाद भएपछि श्रीमानले आफ्ना तीन बच्चालाई नहरमा फालिदिएका छन् ।

माइतबाट श्रीमती लिएर घर फर्किने क्रममा श्रीमान–श्रीमतीबीच विवाद उत्पन्न भएपछि रिसको झोकमा श्रीमानले तीन बच्चालाई नहरमा फालिदिएका हुन् ।

नहरमा डुबेर चार वर्षका छोरा र डेढ वर्षकी छोरीको मृत्यु भएको छ भने ६ वर्षीया छोरी बेपत्ता भएकी छिन् । उनको खोजी भइरहेको छ ।

भारत मध्यप्रदेशको ग्वालियरस्थित करहिया थाना क्षेत्रमा सोमबार साँझ साँढे पाँच बजे यो घटना भएको हो ।

बच्चाहरुलाई नहरमा फालिसकेपछि उनले श्रीमतीमाथि पनि कुटपिट गरेको स्थानीयले बताएका छन् । 

दुई जनाबीच झगडा भएको देखेपछि स्थानीयले महिलाको उद्दार गरेर उनका श्रीमानलाई प्रहरीको जिम्मा लगाइदिएका थिए ।

प्रमोद कुशवाह सोमबार ससुराली गएका थिए । माइतमा रहेकी श्रीमती पूनम कुशवाह र तीन बच्चासहित साँझ घर फर्कदै थिए । 

बाटोमा श्रीमान श्रीमतीबीच घरायसी कुरामा विवाद उत्पन्न भएपछि रिसको झोकमा प्रमोदले ६ वर्षकी छोरी सिमर, चार वर्षका छोरा प्रशान्त र डेढ वर्षकी छोरीलाई हरसी हाइलेभल नहरमा फालिदिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि