एजेन्सी । हलिउडका चर्चित अभिनेता रेयान रेनाल्ड र ब्लेक लाइभलीले कोरोना भाइरसको उपचारका लागि पुनः आर्थिक सहयोग गरेका छन् ।
यो जोडीले न्यूयोर्कको एक अस्पताललाई चार लाख डलर आर्थिक सहयोग गरेका हुन् ।
यसअघि पनि यो जोडीले पहिले पनि कोरोना भाइरसबाट पीडित व्यक्तिका लागि आर्थिक सहयोग गरेका थिए ।
कोरोनाभाइरस संक्रमणका कारण अमेरिकाको अवस्था निकै खराब भइरहेका छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौ संक्रमित भइरहेका छन् ।
रेनाल्डस र उनीकी पत्नी मिलेर एक अर्कालाई सहयोग गर्न र सर्तकर्ता अपनाउन आग्रह गरेका छन् ।