एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण सिंगापुरमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
बिहीबार सिंगापुरमा कोरोना संक्रमित थप एक व्यक्तिको ज्यान गएको हो ।
सिंगापुरमा करिब एक हजार मानिसमा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । अहिलेसम्म मृतकको संख्या चार पुगेको छ ।
यो हिसाबले हेर्दा बाँकी देशको तुलनामा सिंगापुरमा मृत्यु हुनेको संख्या निकै कम हो ।
सिंगापुरको सरकारले आफ्ना जनतालाई कोरोनाभाइरस विरुद्ध निकै डटेर सामना गरिरहेको सुनिश्चितता गरिरहेको छ ।