एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
भारतमा तीन हजार ६ सयभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।
यसैबीच, कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण भारतमा १०९ जनाको मृत्यु भएको छ ।
पछिल्लोपटका राजस्थानको जयपुरमा शनिबार राति ८२ वर्षीय एक व्यक्तिको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
आइतबार उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
गुजरातमा ६२ वर्षीया एक महिलाको पनि कोरोना भाइरसका मृत्यु भएको छ ।
शनिबार मात्र कोरोना भाइरस संक्रमणका कारण भारतका विभिन्न राज्यमा १४ जनाको मृत्यु भएको छ ।