एजेन्सी । भारत, उत्तर प्रदेशको आगरामा १२ वर्षीय एक बच्चाले पबजी गेमको नक्कल गर्दै छिमेकी बालिकाको हत्या गरिदिएका छन् ।
पबजी खेलको नक्कल गर्दै उनले चार वर्षीय बालिकाको गर्दन बटारिदिएका थिए । जसका कारण बालिकाको मृत्यु भयो ।
बालिकाको मृत्युपछि आरोपीले आफ्ना मामासँग मिलेर मृतक बच्चालाई भूसमा लगेर दबाइदिए ।
प्रहरीले नाबालिग आरोपीलाई बाल सुधार गृह पठाएको छ । उनका मामा भने जेल गएका छन् ।
थाना अछनेरा क्षेत्रस्थित कठकारी निवासी शमशेरकी चार वर्षीया छोरी निम्मी अप्रिल २ मा घरबाट गायब भइन् ।
परिवारले उनको खोजी गर्यो । त्यस दिन बच्चा कतै फेला परेन । त्यसको भोलिपल्ट बच्चीको शव भूसमा भेटिएको थियो ।
आरोपी नाबालिग (भान्जा) मामाघर आएका थिए । उनी पबजी गेमको निकै क्रेजी थिए ।
उनले पबजीको एक्सन कपी गर्दै चार वर्षीया बच्चीको गर्दन समातेर उठाए । केहीबेरमै बच्चीको मृत्यु भयो ।
त्यसपछि भान्जा डराए, उनले मामालाई यो कुरा सुनाए । मामा (सोहन) ले बच्चाको घाँटीमा रसी बाँधे र शवलाई भूसमा लगेर लुकाए ।