मंसिर ०७, २०८१, शुक्रबार
               

आइसोलेशनमा रहेका जमातीले नर्सलाई दुर्व्यवहार गरेपछि...

एजेन्सी
चैत २६, २०७६

ADVERTISEMENT

एजेन्सी । बिहारको सहरसाको सदर अस्पतालमा अवस्थित आइसोलेशन वार्डमा राखिएका दिल्लीबाट फर्किएका तब्लीगी जमात (मुस्लिम समूदाय) का मानिसले नर्ससँग दुर्व्यवहार गरेका छन् ।

नर्सहरुले यस घटनाबारे अस्पताल व्यवस्थापकलाई जानकारी दिए । त्यसपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गर्‍यो ।

प्रहरी घटनास्थल पुगेर अबदेखि नर्सहरुसँग यस्तो व्यवहार गरे जेलमा लगेर थुनिदिने चेतावनी दिएको छ । सदर एसडिपीओ प्रधाकर तिवारीले जमातीलाई चेतावनी दिइएको बताए ।

घटना सोमबारको हो । बुधबार केही भिडयो सार्वजनिक भयो । नर्सहरुले आरोप लगाएका छन् कि, 'तीन जमातीले नराम्रो व्यवहार गरे ।' 

उनीहरुले मोबाइलबाट नर्सको फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल गरिदिने धम्की दिएका थिए । 

प्रहरीले उनीहरुको साथबाट मोवाइल खोसेर राखेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि