मंसिर ०७, २०८१, शुक्रबार
               

ट्रम्पले गरे मोदीको तारिफ, मोदीले दिए यस्तो जवाफ

एजेन्सी
चैत २७, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् ।

भातरीय प्रधानमन्त्री मोदी वास्तवमै महान् र राम्रो लिडर भएको ट्रम्पले उल्लेख गरेका छन् ।

मोदीको तारिफ गर्दै ट्रम्पले ट्विटमा लेखेका छन्, ‘असाधारण समयमा मित्रहरु बीच घनिष्ठ सहयोग आवश्यक छ । हाइड्रोक्सीक्लोरोक्विनबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन । प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’

ट्रम्पले भारतबाट २.९ करोड हाइड्रोक्सीक्लोरोक्विन पठाएको पनि जानकारी दिए ।

यसैबीच ट्रम्पको ट्विटपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो प्रतिक्रिया दिएका छन् । 

मोदीले भनेका छन्, राष्ट्रपति ट्रम्पको कुरामा म पूर्ण रुपमा सहमत छु । यस समयले मित्रतालाई झनै नजिक ल्याउँछ । भारत–अमेरिकाबीच सहकार्य पहिलेभन्दा मजबुत भएको छ । भारत कोरोना भाइरसविरुद्ध मानवताको लडाइँमा सहयोग गर्न हरसम्भव प्रयास गर्नेछ । हामी अवश्य जित्नेछौं ।

यसअघि मंगलबार ट्रम्पले धम्की दिँदै यदि भारतले उनको व्यक्तिगत आग्रहपछि पनि औषधी पठाउँदैन भने कारवाही गर्ने चेतावनी दिएका थिए । 

गत शनिबार ट्रम्पले भारतसँग कोरोना भाइरससँग लड्नका लागि मलेरियाका लागि प्रयोग हुने औषधी हाइड्रोक्सीक्लोरोक्विनको खोप माग गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि