मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउनमा प्रहरीलाई थुक्दा यस्तो सजाय

एजेन्सी
चैत २७, २०७६

ADVERTISEMENT

एजेन्सी । विश्वका अधिकांश देशहरु अहिले कोरोना भाइरसका कारण महासंकटको सामना गरिरहेका छन् । 

धेरै देशहरुमा लकडाउन घोषणा गरिएको छ । र लकडाउनमा निकै कडाइ पनि गरिएको छ ।

यसैबीच लकडाउनको क्रममा न्युजिल्याण्डमा एक व्यक्तिले प्रहरीलाई थुकिदिएका छन् । उक्त व्यक्तिलाई तीन महिनाको जेल सजाय सुनाइएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्यहाँको सरकारले एक अर्का लाई छुनमा समेत प्रतिवन्ध लगाएको छ ।

न्युजिल्याण्ड हेराल्डका अनुसार, लकडाउनको समयमा उक्त व्यक्तिले धेरैपटक प्रहरीलाई तनाव दिइरहेका थिए । 

त्यसपछि प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेर अदालतमा पेश गर्‍यो । प्रहरीले नियन्त्रणमा लिने क्रममा उक्त व्यक्तिले प्रहरीलाई थुकेका थिए । 

प्रहरीका अनुसार, 'यस संकटको समयमा कसैले कसैलाइृ थुक्नु ठूलो अपराध हो । कानुनअनुसार यस्तो क्रियाकलाप गर्नेलाई १४ वर्षसम्मको जेल सजाय हुनसक्छ ।'

न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या १२०० भन्दा बढी पुगिसकेको छ । कोरोना संक्रमणबाट न्युजिल्याण्डमा एक जनाको मात्र मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि