मंसिर ०७, २०८१, शुक्रबार
               

रिपोर्ट नआउँदै बिरामीले आत्महत्या गरेपछि...

एजेन्सी
चैत २९, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमण भएको आशंकामा अस्पताल भर्ना भएका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

भारत, तमिलनाडुस्थित अरियालुर जिल्लाको एक सरकारी अस्पतालमा बिरामीले आत्महत्या गरेका हुन् ।

६० वर्षीय बिरामी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका थिए । 

उनी केही समयअघि केरलबाट फर्किएका थिए ।

केरलबाट घर फर्किएपछि उनलाई ज्वरो र खोकी सुरु भएको थियो । त्यसपछि उनी अप्रिल ६ मा अस्पताल भर्ना भएका थिए ।

अप्रिल ७ मा कोरोना भाइरस संक्रमण भए-नभएको जाँच गर्न उनको नमूना लिइएको थियो ।

आफ्नो रिपोर्ट आउनुअघि नै उनले आत्महत्या गरेको अस्पतालले जनाएको छ । अस्पतालमा उनी निकै तनाबमा रहने गरेका थिए ।

आइसोलेशन वार्डमै उनले आत्महत्या गरेका हुन् । आजतकको खबरअनुसार, 'उनको रिपोर्ट भने कोरोना नेगेटिभ आएको छ ।'

प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको छ । आत्महत्याको पछाडि अन्य कारण भए नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि