मंसिर ०७, २०८१, शुक्रबार
               

संक्रमणमुक्त भएका मानिसमा फेरि कोरोना भाइरस देखिएपछि...

एजेन्सी
बैशाख ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसबाट एकपटक संक्रमणमुक्त भएका मानिसमा फेरि भाइरसको संक्रमण देखिएपछि रोग नियन्त्रणमा चुनौति थपिएको छ । 

दक्षिण कोरियाली विज्ञहरुले यसको कारणबारे अध्ययन गरिरहेका छन् । यस्तो संख्या निकै कम छ, तर बढ्दो छ । 

विज्ञहरुका अनुसार पुन संक्रमण, रिल्याप्स र अस्थिर परीक्षण यसका मुख्य कारण हुनसक्छन् । 

रोग नियन्त्रण तथा रोकथामका लागि कोरिया केन्द्र (केसिडिसी) का अनुसार बिहीबार दक्षिण कोरियामा कोरोनामुक्त भइसकेका १ सय ४१ जनामा फेरि संक्रमण भेटिएको थियो । 

पुनः संक्रमण

फेरि संक्रमण भएको भए यो सबैभन्दा ठूलो चिन्ताको विषय हुनेछ किनकी एकपटक संक्रमण भइसकेपछि मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुने अनुमान गरिएको छ, तर केसिडिसी र विज्ञहरु दुबैले यस्तो हुने सम्भावना नरहेको बताएका छन् । 

बरु, कुनै किसिमले भाइरस रिल्याप्स वा रि–एक्टिभेसन (पुन: सक्रिय) भएको हुनसक्ने केसिडिसीले जनाएको छ । 

रिल्याप्स भन्नाले केही समयसम्मका लागि भाइरसको कण निष्क्रिय भएको हुनसक्छ, त्यस्तै केही बिरामीमा निश्चित अवस्था वा रोग प्रतिरोधी क्षमता कमजोर हुँदा भाइरस फेरि उनीहरुको प्रणालीमा ब्युँतिएको हुनसक्छ । 


कस्तो लाग्यो ?

यो पनि