मंसिर ०७, २०८१, शुक्रबार
               

स्पेनमा बालबालिका घरबाहिर निस्कन पाउने, प्रधानमन्त्रीको यस्तो उद्घोष

एजेन्सी
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिका अब भने घर बाहिर निस्किन पाउने भएका छन् ।

स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको हो । 

प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो बनाउने र बालबालिकाहरुलाई घरबाहिरको ताजा हावा लिन दिने बताएका छन् ।

प्रधानमन्त्री सान्चेजले बालबालिकालाई ताजा हावा लिन दिने भने पनि यससम्बन्धी विस्तृत योजना सार्वजनिक नभएको बीबीसीले उल्लेख गरेको छ ।

स्पेनमा कोरोना भाइरसबाट २० हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै २ लाख मानिसमा संक्रमण पुष्टि भएको छ । 

स्पेनमा शनिबार एकै दिन ५ सय ६५ जनाको मृत्यु भएको छ । केही दिनयता स्पेनमा दैनिक मृत्यु हुनेको संख्या घट्दै गएको छ ।


कस्तो लाग्यो ?

यो पनि