कोरोना भाइरसले संसरारभर महामारीको रुप लिइरहेको छ ।कोरोना भाइरसको संक्रमणबाट दुई लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
३० लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । संसारका आधाजस्तो मानिस घरभित्रै बन्द छन्, लकडाउनका कारण ।
यसैबीच केही देशहरुले लकडाउनलाई केही खुकुलो बनाउँदै समेत लगेका छन् ।
तर, मुख्य सवाल यो हो कि, आखिर संसारले कहिले कोरोना भाइरसबाट मुक्ति पाउला ? लकडाउन पूर्ण रुपमा कहिले अन्त्य होला ? हामी पहिलोजस्तो जिन्दगी कहिलेदेखि जिउन पाउँछौं ?
यही प्रश्नका बीच सिंगापुरमा एक आशात्मक समाचार सार्वजनिक भएको छ ।
सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड डिजाइनका अनुसन्धानकर्ताहरुले हालै एक रिपोर्ट सार्वजनिक गरेका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स ड्रिवेन डाटा एनालाइसिसको माध्यमबाट उनीहरुले संसारबाट कोरोना भाइरस कहिले अन्त्य हुन्छ, त्यसको रिपोर्ट तयार पारेका छन् ।
अध्ययनअनुसार संसारका सबै देशबाट २०२० डिसेम्बर ९ सम्ममा कोरोना भाइरस अन्त्य हुनेछ ।
जुलाई २६ सम्ममा भारतमा पूर्ण रुपमा कोरोना भाइरस अन्त्य हुने बताइएको छ ।
त्यसैगरी अमेरिकामा अगस्ट २७ सम्ममा पूर्ण रुपमा कोरोना भाइरस अन्त्य हुने अध्ययनले देखाएको छ ।
स्पेनमा अगस्ट ७ र इटलीमा अगस्ट २५ सम्ममा पूर्ण रुपमा कोरोना भाइरस अन्त्य हुने अनुमान गरिएको छ ।