एजेन्सी । न्यूजिल्याण्डमा जारी लकडाउनलाई केही खुकुलो पारिएको छ । न्यूजिल्याण्ड सरकारको दाबी छ कि, कोरोनाको अति उच्च जोखिमबाट देश एक तह तल झरेको छ ।
न्यूजिल्याण्डमा लकडाउनलाई तेस्रो स्तरमा झारिएको छ । मानिसहरु अहिले पनि घरभित्रै बस्नुपर्छ तर उनीहरु आफ्ना नजिकका आफन्तलाई भेट्न भने सक्नेछन् ।
पसल सञ्चालकहरुले आवश्यक सतर्कता अपनाएर सेवा प्रदान गर्न सक्ने बताइएको छ ।
लकडाउन जारी भएपछि रेष्टुरेन्टमा अनलाइन डेलिभरीको सुविधा मात्र उपलब्ध थियो । अब भने रेष्टुरेन्टबाट खानेकुरा प्याक गरेर लैजान सकिने व्यवस्था गरिएको छ ।
मानिसहरु आफ्ना नजिकका आफन्त र परिवारका सदस्यसँग पार्क वा समुद्र किनारमा जान पाउनेछन् ।
स्कूल खोल्न सकिने तर, सामाजिक दूरी गम्भीरतापूर्वक पालना गर्नुपर्नेछ ।
ठूलो संख्यामा मानिसहरु जम्मा हुन र सार्वजनिक स्थान खोल्न भने प्रतिबन्ध लगाइएको छ ।