एजेन्सी । गत २४ घण्टमा भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ७० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ पुगेको छ ।
भारतमा ३१ हजार ३३२ भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार ७ हजार ६ सय ९५ संक्रमित निको भएर घर फर्किएका छन् ।