एजेन्सी । भारतमा कोरोना भइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार ६२ पुगेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतको महाराष्ट्र कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा ५९७ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी गुजरातमा ३०८, मध्यप्रदेशमा १७३ र दिल्लीमा १२५ जना कोरोना संक्रमित भेटिएका छन् ।
यसैबीच, कोरोना संक्रमित बिरामी निको हुने क्रम समेत बढिरहेको छ । बुधबार भारतमा १७०२ संक्रमित थपिएका थिए । यसैबीच बुधबार ६९० कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५० पुगेको छ । भारतका कोरोना संक्रमणका कारण १०७४ जनाको मृत्यु भइसकेको छ ।