मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी
बैशाख १९, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १,१४७ पुगेको छ । गएको २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५ हजार नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना भाइरसका एक १,९९३ नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा संक्रमितको कुल संख्या ३५ हजार ४३ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १० हजार पाँच सय संक्रमित भइसकेका छन् जसमध्ये ४५९ को ज्यान गइसकेको छ । गुजरातमा चार हजार ३०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने २१४ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा पनि दुई हजार ६०० भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ, त्यहाँ १३७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार २०३ जनामा संक्रमण देखिएको छ जसमध्ये, ३९ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३३ जनाको मृत्यु भइसकेको छ ।

बिहारमा अहिलेसम्म ४१८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ भने दुईजनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा आठ हजार ८८९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि