मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाभाइरसः संक्रमितको संख्या ३४ लाख नाघ्यो

एजेन्सी
बैशाख २०, २०७७

ADVERTISEMENT

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । 

गत २४ घण्टामा साढे ९४ हजार थपिएसँगै कुल संक्रमितको संख्या ३४ लाख नाघेको हो । 

कोरोना संक्रमितबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोना भाइरसबाट  ११ लाख ३१ हजार व्यक्ति संक्रमित भइसकेका छन् । 

जसमध्ये ६५ हजार ७ सयको मृत्यु हुँदा १ लाख ६१ हजार ५ सय बिरामी भने उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ३६ हजार संक्रमित थपिँदा १ हजार ८९७ व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकापछि बढी कोरोना प्रभावित स्पेनमा संक्रमितको संख्या २ लाख ४३ हजार नाघेको छ । जसमध्ये २४ हजार ८ सयको मृत्यु हुँदा १ लाख ४२ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इटालीमा संक्रमितको संख्या २ लाख ७ हजार पुगेको छ । त्यहाँ २८ हजार २ सय व्यक्तिको मृत्यु हुँदा ७८ हजार संक्रमित निको भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि