एजेन्सी । पाकिस्तानस्थित पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ ।
उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए ।
शनिबार इस्लामाबादमा उनको उपचारको क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
वाजिर आफ्नो घरको आगनमा टहलिरहँदा गाडीमा सवार केही व्यक्तिले गोली हानेर भागेका थिए । खबर अनुसार उनलाई अत्यधिक चोट लागेको थियो ।
सन् २००५ मा वाजिरका बुवा र दाइलाई पनि अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । त्यसपछि उनीहरुसँग अन्य सातजनाको गोली हानेर हत्या गरिएको थियो ।
वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए ।