एजेन्सी । चीनमा लगातार पाँचौ दिनसम्म कोरोनाभाइरस संक्रमणबाट कसैको मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
चीनमा पछिल्लो २४ घण्टामा दुई जना नयाँ मात्र कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।
दुई जनामध्ये एक व्यक्ति बाहिरबाट आएका हुन् भने अर्का व्यक्ति चीनको उत्तरी साङ्सी प्रान्तका हुन् ।
हालसम्म चीनमा ८२ हजार ८७७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको भने चार हजार ६३३ जनाले ज्यान गुमाएका छन् ।
७७ हजार ७१३ जना निको भएर घर फर्किएका छन् भने ५३१ जना उपचाररत छन् ।