मंसिर ०७, २०८१, शुक्रबार
               

ब्राजिलमा मृतकको संख्या बढ्दै, राष्ट्रपति गम्भीर छैनन्

एजेन्सी
बैशाख २१, २०७७

ADVERTISEMENT

एजेन्सी । ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणबाट ४२१ जनाले ज्यान गुमाएका छन् । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ६ हजार ७५० पुगेको छ ।

ब्राजिलमा चार हजार ९७० नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलमा संक्रमितको जम्मा संख्या ९६ हजार ५५९ पुगेको छ ।

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले कोरोना भाइरसको प्रभावलाई सामान्य फ्लू जस्तो भएको बताउँदै आएका छन् । ल्याटिन अमेरिकी देशमध्ये ब्राजिलमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

विश्वभर कोरोनाभाइरसबाट ३४ लाख मानिस संक्रमित भइसकेका छन् भने २ लाख ४३ हजार बढीले ज्यान गुमाइसकेका छन् । 

अमेरिकामा मात्र ११ लाख ३२ हजार कोरोनाभाइरस संक्रमित रहेका छन् । त्यहाँ ६६ हजार ३६४ भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि