मंसिर ०७, २०८१, शुक्रबार
               

ब्राजिलमा दैनिक ४०० भन्दा बढीको मृत्यु, राष्ट्रपति भन्छन्, ‘के भयो त ?’

एजेन्सी
बैशाख २४, २०७७

ADVERTISEMENT

ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको स.ख्या १ लाख १५ हजारभन्दा बढी पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण ब्राजिलमा करिब ८ हजार जनाको मृत्यु भइसकेको छ । यहाँ कोरोना भाइरस संक्रमणका कारण दैनिक ४ सय देखि ५ सय नागरिकको मृत्यु भइरहेको छ । 

यसैबीच कोरोना भाइरसको महामारीलाई ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले निकै हल्का रुपमा लिइरहेका छन् ।

बोलसोनारो कोरोना भाइरसको खतरालाई अस्विकार गर्दै आएका छन् । जसका कारण उनको निकै आलोचना हुन थालेको छ ।

इम्पेरियल कलेज लण्डनको अनुमान अनुसार कोभिड–१९ को संक्रमण अहिले ब्राजिलमा संसारकै सबैभन्दा तीब्र गतिमा  फैलिरहेको छ ।

मंगलबार जब देशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पाँच हजारभन्दा बढी पुगेपछि एक पत्रकारले राष्ट्रपतिलाई यसबारे प्रश्न सोधे । 

जवाफमा उनले भने, ‘के भयो त ? मैले बुझ्न सकिनँ, तपाईंले मलाई के भन्न लगाउँदै हुनुहुन्छ ? म कुनै चमत्कार त गर्न सक्दिनँ ।’


कस्तो लाग्यो ?

यो पनि