मंसिर ०७, २०८१, शुक्रबार
               

चीनको एक शहरमा कोरोना संक्रमित बढेपछि 'लकडाउन' घोषणा

एजेन्सी
बैशाख २९, २०७७

ADVERTISEMENT

चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै लकडाउन लागू गरिएको छ ।

सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएको बताइएको छ ।

४५ वर्षीया महिलाबाट उनका श्रीमान्, बहिनी र परिवार तथा अन्य सदस्यबीच संक्रमण फैलिएको हो । महिलाको ट्राभल हिस्ट्रीको खोजी भइरहेको छ ।

शहरका सबै सार्वजनिक स्थान बन्द गरिएको छ र मानिसहरुलाई घरमा नै बस्न अपिल गरिएको छ । 

यसबाहेक सार्वजनिक यातायातमासमेत रोक लगाइएको छ । बीबीसी


कस्तो लाग्यो ?

यो पनि