मंसिर ०७, २०८१, शुक्रबार
               

ब्राजिलमा महामारीमाथि राजनीतिक खेलवाड

रासस
बैशाख ३०, २०७७

ADVERTISEMENT

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको त्रासलाई अतिरन्जित गरिएको निरन्तर दाबी गरेका छन्  । तर, राज्य र स्थानीय तहका अरु अधिकारीले भने कोरोनाको खतरा यथार्थपरक रहेको बताउँदै आएका छन् । 

कोरोना महामारीलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा ब्राजिलमा राजनीतिक तहबीच गहिरो अन्योल र मतान्तर छ । राजनीतिक तिक्तताले आम मानिसको जीवन जोखिममा पारेको छ । 

ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय नाघेको छ, तर राष्ट्रपति बोल्सोनारोले मुलुकलाई लकडाउनमुक्त गराउने विषयलाई निरन्तर अघि सारेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, “बेरोजगारीको संख्या निरन्तर बढ्दै छ ।”

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि