एजेन्सी । युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभोल्युशन (आइएचएमई) ले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण अगस्ट महिनाको सुरुवातसम्म ४७ हजार बढीको मृत्यु हुनसक्ने आँकलन गरेको छ ।
आइएचएमईको यो अनुसन्धान मंगलबार सार्वजनिक भएको हो । अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण हुने मृत्युको विषयमा आइएचएमईको यो अनुमान पहिलेको भन्दा १० हजार बढी छ ।
आइएचएमईका अनुसन्धानकर्ताले संक्रमण रोक्नका लागि लगाइएको प्रतिबन्ध फुकुवा गर्नु थप खतरनाक हुनसक्ने बताएका छन् । अमेरिकामा हालसम्म कोरोनाभाइरसले ८२ हजार २ सय ४६ को ज्यान लिइसकेको छ ।
आइएचएमईको यो अनुमानले स्पष्ट रुपमा बताउँछ कि अमेरिकामा संकट लगातार गहिरिँदै छ । यो सामग्री बीबीसीले पनि प्रकाशन गरेको छ ।