न्युजिल्याण्डमा लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित नभेटिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रुपमा खुकुलो बनाउन हौसला मिलेको बताए।
न्युजिल्यान्डमा अधिकांश व्यवसाय, मलहरू, खुद्रा पसलहरू तथा रेस्टुराँहरु बुधबार मध्यरातदेखि खुला हुँदैछन् । तर, सामाजिक दूरीका नियम भने लागू हुनेछन् भने १० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्धहरु लगाइनेछ ।
न्युजिल्यान्ड सरकारले बिहीबार वार्षिक बजेट पनि सार्वजनिक गर्दै छ । प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोनाभाइरसका कारण मुलुकले सर्वाधिक ठूलो आर्थिक चुनौतीको सामना गर्नु परेको बताए।