मंसिर ०७, २०८१, शुक्रबार
               

अधिकांश अमेरिकी घर बाहिरको काममा

रासस
जेठ ०३, २०७७

ADVERTISEMENT

 अमेरिकामा कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन फैलिँदै गए पनि बहुसंख्यकले आफ्नो घरबाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार हरेक दशमध्ये ६ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन् । 

वासिङ्टन पोष्टले गरेको सर्वेक्षणले यस्तो देखाएको उनीहरुको भनाइ छ । उनीहरूले झण्डै आठ हजार जनामा सर्वेक्षण गरेका थिए । उनीहरुको आफुले काम नगर्दा घर परिवारमा समस्या हुने गरेको पनि बताएका थिए ।  

पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख ५० नाघेको छ भने मृत्यु हुनेको संख्या ८७ हजार ५ सयभन्दा माथि पुगेको छ । हरेक तीन जनामध्ये एक जनाले हरेक हप्तामा कम्तीमा एकपटक कामका लागि घर छाड्ने गरेको पाइएको पनि सर्वेक्षणकर्ताहरूले जनाएका छन् ।  

उनीहरुमध्ये धेरैले आफूलाई कोरोना भाइरसको संक्रमणको त्रास अत्यधिक हुने गरेको पनि बताएका छन् । विशेष गरेर उनीहरूलाई सार्वजनिक यातायातका साधन प्रयोग गर्दा संक्रमण हुने चिन्ता लाग्ने गरेको सुनाएका थिए ।

सर्वेक्षणका अनुसार कामका लागि घर छाड्ने झण्डै ३५ प्रतिशत अमेरिकी नागरिकहरूले प्रायः मास्क प्रयोग गर्ने गरेका छन् । त्यसैगरी, ३९ प्रतिशतले कुनै कुनै बेला मात्रै मास्क प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि