पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ।
९० जना यात्रु र चालक दलका ८ जना सवार रहेको जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानको सञ्चारमाध्यम डनले जनाएको छ।
सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल कराँची नजिकैको वस्तीमा दुर्घटना भएको पाकिस्तानी सञ्चामाध्यमले जनाएका छन्।
त्यहाँका सञ्चारमाध्यममा आएका भिडियो दुर्घटनास्थलका फुटेजहरुमा धुँवाको मुस्लो आइरहेको र एम्बुलेन्स तथा उद्दारकर्ताहरु पुग्दै गरेको देखाइएको छ।
दुर्घटनासँगै त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रीले त्यहाँका प्रमुख अस्पतालमा आपतकाल घोषणा गर्दै उपचारका लागि तयार रहन निर्देशन दिएका छन्।
There is a plane crash of PIA A320 before landing to the airport crashed in the residential area pray for the martyr 😔#planecrash pic.twitter.com/q917P9igJ8
— Positive Pakistan Faisalabad (@positivepakfsd) May 22, 2020
A Pakistan International Airlines (PIA) plane crashed in a residential area in #Karachi.
— Sambad English (@Sambad_English) May 22, 2020
Footage showed plumes of smoke rising from the site of the crash.#planecrash pic.twitter.com/z6av8yDYJr