पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।
पाकिस्तानमा संक्रमितको संख्या ५२ हजार ४३७ पुगेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।
विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४३ संक्रमित थपिएका बताइएको छ ।
पाकिस्तानमा कोरोना संक्रमितमध्ये १ हजार १०१ व्यक्तिको मृत्यु भइसकेको अधिकारीहरले जानकारी दिएका छन् ।
वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तानमा बिहीबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ ।
पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ ।
त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा, बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।
संक्रमितहरुमध्ये १६ हजार ६५३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
पाकिस्तानका विभिन्न अस्पतालमा ३४ हजार ६८३ जना संक्रमितको उपचार भइरहेको छ ।