काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ ।
तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको छ । योसँगै रुसमका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ८०७ पुगेको छ ।
त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका आठ हजार ९१५ नयाँ संक्रमित फेला परेका छन् ।
रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या तीन लाख ६२ हजार ३४२ पुगेको छ ।
संक्रमित संख्याको हिसाबमा रुस अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।