भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६५ हजार तीन सय भन्दा बढी पुगेको छ ।
कोरोना संक्रमितको संख्याको आधारमा भारत नवौं (९) नम्बरमा आएको छ । अमेरिका पहिलो स्थानमा छ ।
एसियामा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा १ लाख ५८ हजार ३३३ जना संक्रमित भेटिएका छन् ।
बिहीबार कहाँ कति संक्रमित थपिए ?
महाराष्ट्र : २५९८
दिल्ली : १०२४
तमिलनाडु : ८२७
गुजरात : ३६७
पश्चिम बंगाल : ३४४
राजस्थान : २५१
मध्यप्रदेश : १९२
उत्तरप्रदेश : १७९
बिहार : १४९
आन्ध्रप्रदेश : १२८
हरियाणा : १२३
कर्नाटक : ११५
जम्मू कश्मीर : ११५
८६ हजार ११० जना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
भारतमा ६७ हजार ६९२ संक्रमित निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट भारतमा ४ हजार ५३१ जनाको मृत्यु भइसकेको छ ।