पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।
पाकिस्तानमा संक्रमितको संख्या ६४ हजार २८ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् ।
विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ८०१ संक्रमित थपिएका बताइएको छ ।
पाकिस्तानमा संक्रमित मध्येका १ हजार ३१७ व्यक्तिको मृत्यु भइसकेको छ ।
पाकिस्तानमा बिहीबार मात्र ५७ जना संक्रमितको मृत्यु भएको छ ।
पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ ।
त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।
संक्रमितहरुमध्ये २२ हजार ३०५ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४० हजार ४०६ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।
अस्पताल भर्ना भएका यी विरामी मध्ये १११ जनाको भने अवस्था गम्भीर छ ।