पाकिस्तान सरकारका एक जना मन्त्रीलाई कोरोना संक्रमण भएको बीबीसीले उल्लेख गरेको छ ।
सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री आफैंले सामाजिक सञ्जाल ट्विटरमा यसबारेमा जानकारी दिएका हुन् ।
आफूलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र चिकित्सकको सल्लाहअनुसार आफू घरमा नै क्वारेन्टिनमा बसेको उनले जानकारी दिएका छन् ।
पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो पारिएको छ । तर, संक्रमितको संख्या भने निरन्तर बढ्दो क्रममा छ ।
पाकिस्तानमा ६७ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।