आगामी दुई दशकभित्र ठूलो संख्यामा जीवजन्तुहरु लोप हुने वैज्ञानिकहरु चेतावनी दिएका छन्। पाँच सयभन्दा बढी प्रजातिका जीवजन्तुहरु लोपको संघारमा पुगेको वैज्ञानिहरुले बताएका छन्।
आगामी २० वर्षभित्र जीवजन्तु लोप हुने खतरामा रहेको अमेरिकास्थित नेसनल एकेडेमी अफ साइन्सेसले उल्लेख गरेको छ। मानिसकै कारण ठूलो संख्यामा जीवजन्तुहरु लोपोन्मुख भएको बताइएको छ।
वन फडानी, आगलागी, प्रदूषण, जनावरको तस्करी लगायतका मानवीय कार्यका कारण ठूलो संख्यामा जीवजन्तु लोपको संघारमा पुगेको जनाइएको छ।
मानिसले प्रकृतिको विनाश नगरेको भए हजार वर्षसम्म ती जनावर बाँच्ने अध्ययनमा बताइएको छ।