अमेरिकाको सबैभन्दा बढी प्रभावित भएको सहर न्यूयोर्क आजबाट खुल्दै छ । अमेरिकी प्रशासनका अनुसार न्यूयोर्क सहरमा अबको स्थिति सामान्य हुने बताएका छन् ।
पहिलो चरणमा केही परिवर्तनका साथ स्थानीय प्रशासनद्धारा न्युयोर्क सहर खोल्नुको मतलब निर्माण, उद्योगधन्दा र खुद्रा क्षेत्रसँग जोडिएका करिब ४ लाख मानिसहरु सोमबार काममा फर्किनेछन् ।
यद्यपि, सबै मानिसलाई महामारीको रोकथाम सम्बन्धी केही सावधानी अपनाउनको लागि बताइएको छ । स्थानीय प्रशासनले सावधानी अपनाउनको लागि निर्देश पनि जारी गरेको छ ।
न्युयोर्कमा अहिलेसम्म कोरोना भाइरसबाट दुई लाखभन्दा बढी संक्रमित भएका छन् भने २१ हजार ८४४ जनाको ज्यान गएको छ ।