एजेन्सी । भारतीय कांग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् ।भारतीय कांग्रेसका नेता दिगविजय सिंहले सो माग गरेका हुन् । उनले प्रधानमन्त्री मोदीले जतिसक्दो चाँडो बैठक बोलाउन माग गरेका हुन् ।
उनले भारतीय भूमिमा पछिल्लो चिनियाँ सेना प्रवेश गरेको भन्दै त्यस विषयमा आवश्यक छलफल गर्नका लागि पनि प्रधानमन्त्री मोदीले भारतको संसद बैठक बोलाउनुपर्ने माग गरेका हुन् ।
नेता सिंहले यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही नबताएको भन्दै यस विषयमा संसदमा छलफल गर्नु आवश्यक रहेकोले संसदको बैठक बोलाउनुपर्ने बताए ।
चीन र भारतको सीमा क्षेत्र लदाखमा चिनियाँ सेनाको घुसपैठ भएको आरोप लगाउँदै यस विषयमा भारतीय संसदमा आवश्यक छलफल गर्नुपर्ने माग काँग्रेस नेताले गरेको हो ।
उक्त क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेको आरोप भारतले लगाएको छ भने चीनले यस आरोपको खण्डन गर्दै आएको छ ।
उक्त क्षेत्रमा सेनाको उपस्थितिका विषयलाई लिएर भारत र चीनबीच केही समययता देखि विवाद पनि हुँदै आएको छ ।