भारतमा गएको २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का साढे ११ हजार संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ११ हजार ५०२ जना संक्रमित फेला परेका छन् । अघिल्लो २४ घण्टामा पनि भारतमा करिब १२ हजार संक्रमित थपिएका थिए ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ३२ हजार ४२४ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि नौ हजार ५२० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख सात हजार ९५८ संक्रमित फेला परेका छन् भने तीन हजार ९५० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४४ हजार ६६१ संक्रमित फेला परेका छन् भने ४३५ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा ४१ हजार १८२ जना संक्रमित भेटिँदा एक हजार ३२७ जनाको मृत्यु भइसकेको छ ।
गुजरातमा २३ हजार ५४४ संक्रमित फेला परिसकेका छन् भने एक हजार ४७७ जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ६१५ संक्रमित फेला परेका छन् भने ३९९ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगालमा ११ हजार ८७ संक्रमित भेटिएका छन् भने ४७५ जनाको मृत्यु भइसकेको छ ।
बिहारमा ६ हजार ४७० संक्रमित फेला परेका छन् भने ३९ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ६९ हजार ७९८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।