मंसिर ०७, २०८१, शुक्रबार
               

बेलायतमा चारमध्ये एक जना खाद्य संकटको जोखिममा

एजेन्सी
असार ०७, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य संकको खतरामा रहेको पाइएको छ । 

कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य संकटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् । 

खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए ।

खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताको निश्कर्ष छ । 

अध्ययनको मुख्य निश्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ ।

महामारीका बेलामा २५ प्रतिशत बयस्कहरुले खानाका लागि संघर्ष गर्नु परेको पनि अध्ययन  प्रतिवेदनमा उल्लेख छ । 

त्यही कारणले खाद्य असुरक्षा महसुस गरिएको र पौष्टिक आहारको अभाव भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि